परीक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना
2082/10/7 10:23:28
त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने ४-वर्षे स्नातक तह अन्तर्गत चौथो वर्षको नियमित तथा आंशिक
परीक्षा दिने परीक्षार्थीहरूका लागि परिक्षा फाराम भर्ने सुचना प्रकाशित गरिए
बमोजिम यस क्याम्पसको ४-वर्षे स्नातक तह बि.ए.,
बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत चौथो वर्ष नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले
यही मिति २०८२ माघ २८ गते बुधबार सम्म क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा
शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा फाराम नभर्ने
विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी
गराईएको छ ।
परीक्षा
आवेदन फाराम सम्बन्धमा
क) ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भर्इ २०७५
सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटक
हुनेछ ।
ख) सबै परीक्षार्थीहरूले परीक्षा आवेदन फाराममा
अघिल्लो पटकको रोल नं. अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ ।
ग) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै
खिचेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलार्इ क्याम्पसको Email
ID : exam@cjmcsarlahi.edu.np मा समेत पढाउनु पर्नेछ ।