Select Language:


Log In Email

Notice

2026/1/26 10:22:03

छात्रवृतिको परिक्षा फाराम भर्ने सुचना

यस क्याम्पसको स्नातक तह BA, BBS र B.Ed. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मिति २०८२ माघ २१ गते बुधवार क्याम्पस समयभित्र छात्रवृतिका निमित फाराम भरी पुस्तकालय शाखामा बुझाउनु हुन सम्बन्धित सवैका जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
Read More Download File
2026/1/21 10:23:58

परीक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना

त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने ४-वर्षे  स्नातक तह अन्तर्गत चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परिक्षा फाराम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको ४-वर्षे  स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत चौथो वर्ष नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले यही मिति २०८२ माघ २८ गते बुधबार सम्म क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा फाराम नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।

परीक्षा आवेदन फाराम सम्बन्धमा

क)     ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भर्इ २०७५ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटक हुनेछ ।

ख)     सबै परीक्षार्थीहरूले परीक्षा आवेदन फाराममा अघिल्लो पटकको रोल नं. अनिवार्य रूपमा उल्लेख गर्नु     पर्नेछ ।  

ग)         परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलार्इ क्याम्पसको Email ID : exam@cjmcsarlahi.edu.np मा समेत पढाउनु पर्नेछ । 
Read More Download File
2026/1/18 09:32:20

स्नातक तह तेश्रो वर्षको कक्षा संचालन सम्बन्धी सुचना

मिति २०८२/०९/१६ बाट सुरु भई २०८२/०९/२९ गतेसम्म संचालन भएको स्नातक तह दोश्रो वर्ष BA, B.Ed. र BBS को परिक्षा समाप्ति पछि तेश्रो वर्षको पठनपाठन मिति २०८२/१०/०७ गते बुधवारदेखि पूर्ववत कार्यतालिका बमोजिम संचालन हुने हुनाले सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । पुनश्च: छात्रवृत्ति प्राप्तिका लागि कम्तिमा ६५ प्रतिशत हाजिरी र आन्तरिक परिक्षामा  सहभागिता अनिवार्य गरिएको व्यहोरा पनि यसै सुचना मार्फत जानकारी गराईएको छ ।
Read More Download File
2026/1/2 10:59:52

प्रयोगात्मक परिक्षा सम्बन्धी जरूरी सुचना

प्रस्तुत सम्बन्धमा यस क्याम्पसको शिक्षाशास्त्र संकाय स्नाकोत्तर तह (M.Ed) दोश्रो सेमेस्टर अन्तर्गत स्वास्थ्य शिक्षा मूल विषयका विद्यार्थीहरुको H.Ed. 528 : Community Organizing for Health Education बिषयको प्रयोगात्मक परिक्षा बाह्य परिक्षकको उपस्थितिमा मिति २०८२ पौष २६ गते बिहान ८ बजे संचालन हुने हुनाले सोही बमोजिम तयारी रहनुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
Read More Download File
2025/12/18 11:31:46

आन्तरिक परीक्षा सम्बन्धमा

यस क्याम्पसमा अध्ययनरत शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन संकाय स्नातक तह प्रथम, दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीहरूको पहिलो आन्तरिक परीक्षा तपशिल बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 परीक्षामा सामेल नहुने विद्यार्थीहरूलार्इ क्याम्पसबाट उपलब्ध गरार्इने छात्रवृत्ति लगायतका सुविधाहरू उपलब्ध नगरार्इने समेत जानकारी गरार्इन्छ ।
Read More Download File
2025/12/12 10:10:36

परिक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना

त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत तेश्रो वर्ष नियमित  तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परिक्षा फारम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. तेश्रो वर्षमा अध्ययनरत नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले यही मिति २०८२ पौष २५ गते शुक्रबार क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।
विस्तृत जानकारीको लागि क्याम्पसको website 
http://cjmcsarlahi.edu.np मा हेर्नु हुन पनि यसै सुचनामार्फत जानकारी गराईएको छ ।

क)   ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो तेस्रो वर्षको परीक्षा अन्तिम पटक हुनेछ ।

ख)   नियमित बाहेक सबै परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम माथि अघिल्लो पटकको रो.नं. अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

ग)   परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको ३ महिना ननाघेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलाई क्याम्पसको Email ID : exam@cjmcsarlahi.edu.np मा समेत पठाइदिनुहोला । 

Read More Download File
2025/10/12 09:39:53

नियमित क्याम्पस सभा २०८२ मा उपस्थित हुने बारेमा

विषय – नियमित क्याम्पस सभा २०८२ मा उपस्थित  हुने बारेमा

क.            श्री क्याम्पसका संस्थापक, विशिष्ट र आजीवन सदस्य ज्यूहरु

ख.           श्री पदाधिकारी तथा सदस्य ज्यूहरु (क्याम्पस संचालक, लेखा सुपरिवेक्षण र अनुगमन  समिति)

ग.            श्री पदाधिकारी तथा सदस्य ज्यूहरु (विभिन्न उपसमिति)

घ.            श्री जग्गादाता, चन्दादाता तथा अन्य दाता ज्यूहरु

ङ.            श्री क्याम्पसका पुर्व अध्यक्ष तथा क्याम्पस प्रमुख ज्यूहरु

च.            श्री पुर्व तथा निवर्तमान सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा सदस्य ज्यूहरु

छ.            श्री आन्तरिक गुणस्तर समिति अन्तर्गतका सम्पूर्ण सेलका संयोजक तथा सदस्य ज्यूहरु

ज.            श्री प्राध्यापक तथा कर्मचारी युनियनका पदाधिकारी तथा सदस्य ज्यूहरु 

झ.            श्री विद्यार्थी गुणस्तर सर्कलका संयोजक तथा सदस्य ज्युहरु 

ञ.            श्री स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य ज्यूहरु

ट.             श्री पुर्व विद्यार्थी समाज (चतुर्भुजेश्वर जनता क्याम्पस) का पदाधिकारी तथा सदस्य ज्युहरु  

ठ.            श्री क्याम्पसमा दर्ता भएका विभिन्न संघ संगठनका पदाधिकारी तथा सदस्य ज्यूहरु

ड.            श्री क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु


प्रस्तुत सम्बन्धमा मिति २०८२ असोज ११ गते बसेको क्याम्पस संचालक समितिको बैठक निर्णय बमोजिम यस क्याम्पसको नियमित क्याम्पस सभा - २०८२ तपसिल बमोजिम आयोजना गरिने भएअनुसार क्याम्पसको नबौं संशोधित विधानको दफा १३(ङ) को आधारमा सम्बन्धित सबैमा यसै सुचनालाई आधारमानी उपस्थितिका निमित्त जानकारी सहित  सादर अनुरोध गरिएको छ  



तपसिल

कार्यक्रम                नियमित क्याम्पस सभा – २०८२

मिति                      २०८२ कार्तिक १२ गते,  बुधवार (२९ अक्टोबर, २०२५)

समय                     बिहान ११ बजेदेखि

स्थान                     क्याम्पस सभाहल

 

सभामा पेश हुने प्रस्तावहरु

१.               वार्षिक प्रगति प्रतिवेदन २०८१/०८२ उपर छलफल तथा अनुमोदन

२.       २०८१/०८२ को क्याम्पस संचालक समितिका अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक र अनुगमन समितिका संयोजक ज्यूहरुको प्रतिवेदनउपर छलफल तथा अनुमोदन सम्बन्धमा

३.                उपसमितिका संयोजक ज्यूहरुको प्रतिवेदनमाथि छलफल तथा अनुमोदन  सम्बन्धमा

४.                  आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति, कार्यक्रम र बजेटमाथि छलफल तथा अनुमोदन सम्बन्धमा

५.                लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा

६.                लेखा परीक्षण प्रतिवेदन २०८१/०८२ माथि छलफल तथा अनुमोदन सम्बन्धमा  

७.                छात्रवृति निर्देशिका माथि छलफल तथा अनुमोदन  सम्बन्धमा

८.                विविध सम्बन्धमा

Read More Download File
2025/9/28 10:45:12

दरभाउ पत्र आव्हान गरिएको सम्बन्धमा

यस क्याम्पसको निजी स्वामित्वमा रहेको र हाल फलफूलको बिरुवा रोपी बाँकी रहेको जमिनमा बढीमा २ वर्षसम्म लहर नजाने तरकारी खेती तथा नगदेबाली गरि आय आर्जन गर्न र्इच्छुक व्यक्ति, फर्म वा कम्पनीसँग प्रति कठ्ठाको दरले अधिकतम तिर्न सक्ने रकम रू. अङ्क र अक्षर दुवैमा उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आशय पत्र माग्ने क्याम्पस संचालक समितिको मिति २०८२ आश्विन ११ गते बसेको बैठक निर्णय नं. १ को ख अनुसार यो सूचना प्रकाशित गरिएको छ ।
Read More Download File
Back to top