परिक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना
2082/8/26 10:10:13
Download File
त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने स्नातक तह बि.ए.,
बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत तेश्रो वर्ष नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि
परिक्षा फारम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको स्नातक तह बि.ए.,
बि.बि.एस. र बि.एड. तेश्रो वर्षमा अध्ययनरत नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले
यही मिति २०८२ पौष २५ गते शुक्रबार क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा
शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा नभर्ने
विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी
गराईएको छ ।
विस्तृत
जानकारीको लागि क्याम्पसको website http://cjmcsarlahi.edu.np
मा हेर्नु हुन पनि यसै सुचनामार्फत जानकारी गराईएको छ ।
क) ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो तेस्रो वर्षको
परीक्षा अन्तिम पटक हुनेछ ।
ख) नियमित बाहेक सबै परीक्षार्थीहरूले
परीक्षा आवेदन फाराम माथि अघिल्लो पटकको रो.नं. अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ
।
ग) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै
खिचेको ३ महिना ननाघेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलाई क्याम्पसको Email
ID : exam@cjmcsarlahi.edu.np मा समेत पठाइदिनुहोला ।