Select Language:


Log In Email

Notice & Events

नियमित क्याम्पस सभा २०८२ मा उपस्थित हुने बारेमा

2082/6/26 09:40:28

Download File

विषय – नियमित क्याम्पस सभा २०८२ मा उपस्थित  हुने बारेमा

क.            श्री क्याम्पसका संस्थापक, विशिष्ट र आजीवन सदस्य ज्यूहरु

ख.           श्री पदाधिकारी तथा सदस्य ज्यूहरु (क्याम्पस संचालक, लेखा सुपरिवेक्षण र अनुगमन  समिति)

ग.            श्री पदाधिकारी तथा सदस्य ज्यूहरु (विभिन्न उपसमिति)

घ.            श्री जग्गादाता, चन्दादाता तथा अन्य दाता ज्यूहरु

ङ.            श्री क्याम्पसका पुर्व अध्यक्ष तथा क्याम्पस प्रमुख ज्यूहरु

च.            श्री पुर्व तथा निवर्तमान सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा सदस्य ज्यूहरु

छ.            श्री आन्तरिक गुणस्तर समिति अन्तर्गतका सम्पूर्ण सेलका संयोजक तथा सदस्य ज्यूहरु

ज.            श्री प्राध्यापक तथा कर्मचारी युनियनका पदाधिकारी तथा सदस्य ज्यूहरु 

झ.            श्री विद्यार्थी गुणस्तर सर्कलका संयोजक तथा सदस्य ज्युहरु 

ञ.            श्री स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य ज्यूहरु

ट.             श्री पुर्व विद्यार्थी समाज (चतुर्भुजेश्वर जनता क्याम्पस) का पदाधिकारी तथा सदस्य ज्युहरु  

ठ.            श्री क्याम्पसमा दर्ता भएका विभिन्न संघ संगठनका पदाधिकारी तथा सदस्य ज्यूहरु

ड.            श्री क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु


प्रस्तुत सम्बन्धमा मिति २०८२ असोज ११ गते बसेको क्याम्पस संचालक समितिको बैठक निर्णय बमोजिम यस क्याम्पसको नियमित क्याम्पस सभा - २०८२ तपसिल बमोजिम आयोजना गरिने भएअनुसार क्याम्पसको नबौं संशोधित विधानको दफा १३(ङ) को आधारमा सम्बन्धित सबैमा यसै सुचनालाई आधारमानी उपस्थितिका निमित्त जानकारी सहित  सादर अनुरोध गरिएको छ  ।



तपसिल

कार्यक्रम   –              नियमित क्याम्पस सभा – २०८२

मिति         –              २०८२ कार्तिक १२ गते,  बुधवार (२९ अक्टोबर, २०२५)

समय        –              बिहान ११ बजेदेखि

स्थान        –              क्याम्पस सभाहल

 

सभामा पेश हुने प्रस्तावहरु

१.               वार्षिक प्रगति प्रतिवेदन २०८१/०८२ उपर छलफल तथा अनुमोदन

२.       २०८१/०८२ को क्याम्पस संचालक समितिका अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक र अनुगमन समितिका संयोजक ज्यूहरुको प्रतिवेदनउपर छलफल तथा अनुमोदन सम्बन्धमा

३.                उपसमितिका संयोजक ज्यूहरुको प्रतिवेदनमाथि छलफल तथा अनुमोदन  सम्बन्धमा

४.                  आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति, कार्यक्रम र बजेटमाथि छलफल तथा अनुमोदन सम्बन्धमा

५.                लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा

६.                लेखा परीक्षण प्रतिवेदन २०८१/०८२ माथि छलफल तथा अनुमोदन सम्बन्धमा  

७.                छात्रवृति निर्देशिका माथि छलफल तथा अनुमोदन  सम्बन्धमा

८.                विविध सम्बन्धमा

Back to top