Select Language:


Log In Email

Notice

2026/3/19 09:29:58

Digital Pedagogy, Research and Publication विषयक कार्यशाला गोष्ठी

प्रस्तुत विषयमा यस क्याम्पस अनुसन्धान व्यवस्थापन सेलद्वारा मिति २०८२ चैत्र ६ र ७ गते आयोजना गरिने Digital Pedagogy, Research and Publication विषयक कार्यशाला गोष्ठीमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारी वर्ग सहभागी हुने हुनाले मिति २०८२ चैत्र ६ गते शुक्रबारको नियमित पठनपाठन स्थगित गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । 
Read More Download File
2026/3/18 09:28:00

आन्तरिक परीक्षा सम्बनधमा

स्नातक तह प्रथम, दोस्रो तथा तेस्रो वर्षको प्रथम त्रैमाशिक परीक्षा बिहान ६ः३० बजेदेखि संचालन
Read More Download File
2026/3/13 09:25:53

शिक्षण अभ्यास नेपा.शि. (४४०) को २०८२/०८३ को अभ्यास शिक्षण कार्यक्रम

यस च.ज.ब. क्याम्पसमा शिक्षाशास्त्र संकाय बि.एड. चथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको शिक्षण अभ्यास नेपा.शि. (४४०) को २०८२/०८३ को अभ्यास शिक्षण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम अन्तर्गत शुक्ष्म शिक्षण, सहपाठी शिक्षण, शैक्षिक सामग्री निर्माण र प्रदर्शन र शिक्षण अभ्यासको वश्यकता पुरा गर्न गर्नुपर्ने सम्पूर्ण तयारी मिति २०८२/१२/०१ गतेबाट सुरू हुने व्यहोरा जानकारी गराइन्छ ।

 

शिक्षण अभ्यास कार्यक्रमको हाजिरी पनि हुने भएको र सो रेकर्डहरू बाह्य मूल्याङ्क पर्यवेक्षक मगाउँदा पेश गर्नुपर्ने भएकोले यदी छुट हुन गएमा पुनः अर्को व्यवस्था नहुने कुरा पनि जानकारी गराइन्छ ।
Read More Download File
2026/2/26 11:33:53

४४औं मगर दिवस

मिति २०८२ फाल्गुण १५ गते शुक्रबारका दिन ४४औं मगर दिवसको अवसरमा हरिवन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिवन, सर्लाहीद्वारा घोषित सार्वजनिक विदा बमोजिम क्याम्पस विदा गरिएको सम्बन्धित सबैमा जानकारीका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।

यस अवसरमा यो पर्व मान्ने सम्बन्धित सबैमा क्याम्पस परिवार सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ । 

पूर्व निर्धारित BBS  चौथो वर्षको लागि मिति २०८२ फाल्गुण १५ र १६ गते अभिभमुखीकरण कार्यक्रम  यथावत समय, मिति र स्थानमा आयोजना हुने जानकारी गराइन्छ । 
Read More Download File
2026/2/20 11:24:29

​Final Project (Mgt. 401) को अभिमुखिकरण कार्यक्रम (Orientation Programme)

प्रस्तुत सम्बन्धमा यस क्याम्पसमा बी.बी.एस. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको Final Project (Mgt. 401) को प्रयोजनका लागि यही मिति २०८२ फाल्गुण १५ र १६ गते अभिमुखिकरण कार्यक्रम (Orientation Programme) आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा BBS चौथो वर्षका सम्पूर्ण विद्यार्थीहरूलार्इ अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ । उक्त कार्यक्रममा सहभागी नहुने विद्यार्थीहरूले Project Work Report Writing मा कुनै समस्या उत्पन्न भएमा विद्यार्थी स्वयम् जिम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

तपशिल

मिति    -         २०८२ फाल्गुण १५ र १६ गते

समय   -         बिहान ८ बजे

स्थान   -         सेमिनार हल
Read More Download File
2026/2/2 11:36:59

अभ्यास शिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्बन्धी जरुरी सुचना

यस क्याम्पसको शिक्षाशास्त्र संकाय स्नातक तह चौथो वर्षमा अध्ययनरत विधार्थीहरुको शिक्षण अभ्यास Ed. 440 को प्रयोगात्मक कार्य पुरा गर्न विद्यालय छनौट तथा सुक्ष्म शिक्षण लगायतका कार्यका लागि मिति २०८२ फाल्गुन ४ गते सोमबार क्याम्पसमा उपस्थिति हुन यो सुचना प्रकाशित गरिएको छ ।
Read More Download File
2026/1/26 10:22:03

छात्रवृतिको परिक्षा फाराम भर्ने सुचना

यस क्याम्पसको स्नातक तह BA, BBS र B.Ed. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मिति २०८२ माघ २१ गते बुधवार क्याम्पस समयभित्र छात्रवृतिका निमित फाराम भरी पुस्तकालय शाखामा बुझाउनु हुन सम्बन्धित सवैका जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
Read More Download File
2026/1/21 10:23:58

परीक्षा फारम भर्ने सम्बन्धी जरुरी सुचना

त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा संचालन गरिने ४-वर्षे  स्नातक तह अन्तर्गत चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परिक्षा फाराम भर्ने सुचना प्रकाशित गरिए बमोजिम यस क्याम्पसको ४-वर्षे  स्नातक तह बि.ए., बि.बि.एस. र बि.एड. कार्यक्रम अन्तर्गत चौथो वर्ष नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले यही मिति २०८२ माघ २८ गते बुधबार सम्म क्याम्पस समयभित्र परिक्षा फारम भरी परिक्षा शाखामा बुझाउनु हुन यो सुचना प्रकाशित गरिएको छ । समय भित्रै नै परिक्षा फाराम नभर्ने विद्यार्थीहरुको लागि अर्को व्यवस्था नहुने हुनाले समयप्रति सचेत हुन पनि जानकारी गराईएको छ ।

परीक्षा आवेदन फाराम सम्बन्धमा

क)     ४-वर्षे स्नातक तह २०७४ सालमा भर्ना भर्इ २०७५ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरूको लागि यो परीक्षा अन्तिम पटक हुनेछ ।

ख)     सबै परीक्षार्थीहरूले परीक्षा आवेदन फाराममा अघिल्लो पटकको रोल नं. अनिवार्य रूपमा उल्लेख गर्नु     पर्नेछ ।  

ग)         परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको White Background भएको पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ र त्यस फोटोलार्इ क्याम्पसको Email ID : exam@cjmcsarlahi.edu.np मा समेत पढाउनु पर्नेछ । 
Read More Download File
2026/1/18 09:32:20

स्नातक तह तेश्रो वर्षको कक्षा संचालन सम्बन्धी सुचना

मिति २०८२/०९/१६ बाट सुरु भई २०८२/०९/२९ गतेसम्म संचालन भएको स्नातक तह दोश्रो वर्ष BA, B.Ed. र BBS को परिक्षा समाप्ति पछि तेश्रो वर्षको पठनपाठन मिति २०८२/१०/०७ गते बुधवारदेखि पूर्ववत कार्यतालिका बमोजिम संचालन हुने हुनाले सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । पुनश्च: छात्रवृत्ति प्राप्तिका लागि कम्तिमा ६५ प्रतिशत हाजिरी र आन्तरिक परिक्षामा  सहभागिता अनिवार्य गरिएको व्यहोरा पनि यसै सुचना मार्फत जानकारी गराईएको छ ।
Read More Download File
2026/1/2 10:59:52

प्रयोगात्मक परिक्षा सम्बन्धी जरूरी सुचना

प्रस्तुत सम्बन्धमा यस क्याम्पसको शिक्षाशास्त्र संकाय स्नाकोत्तर तह (M.Ed) दोश्रो सेमेस्टर अन्तर्गत स्वास्थ्य शिक्षा मूल विषयका विद्यार्थीहरुको H.Ed. 528 : Community Organizing for Health Education बिषयको प्रयोगात्मक परिक्षा बाह्य परिक्षकको उपस्थितिमा मिति २०८२ पौष २६ गते बिहान ८ बजे संचालन हुने हुनाले सोही बमोजिम तयारी रहनुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
Read More Download File
Back to top